खेलकूद

एसियाली खेदकुदमा भाग लिन क्रिकेटर लामिछाने चीन प्रस्थान

हिमालय टिभी
२०८० असोज ९ गते १३:२२
एसियाली खेदकुदमा भाग लिन क्रिकेटर लामिछाने चीन प्रस्थान

९ असोज २०८० काठमाडौं । एसियाली खेलकुदमा सहभागी हुन नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने चीन प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँगको छलफलपछि सन्दीप चीनको हाङजाओ जान तयार भएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली भने आइतबार नै चीन गइसकेको छ।लामिछानेविरुद्धको नाबालिक बलात्कार मुद्दाको पेसी परेकाले टोलीसँगै जान पाएका थिएनन् ।

क्यानले हिजै चीन जाने टिकट काटेको भए पनि मानसिक रूपमा खेल्नका लागि तयार नभएको भन्दै सन्दीप चीन नजाने अडानमा थिए । तर अध्यक्ष चन्द र सचिव खड्काको आग्रहपछि उनी चीन जान तयार भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्