खेलकूद

इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको टी–२० श्रृङ्खला बराबरीमा सकियो

हिमालय टिभी
२०८० भदौ २० गते ९:१३
इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको टी–२० श्रृङ्खला बराबरीमा सकियो

२० भदौ २०८० काठमाडौं । इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको चार खेलको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखला बराबरीमा सकिएको छ ।

चौथो तथा अन्तिम खेल पाहुना टोली न्यूजिल्याण्डले ६ विकेटले जितेपछि शृंखला २२ को बराबरी भएको हो । १७६ रनको लक्ष्य न्यूजिल्याण्डले १६ बल अगावै ४ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

न्यूजिल्याण्डका टीम सिफर्टले ४८ तथा ग्लेन फिलिप्सले ४२ रन जोड्दा मार्क चापम्यान ४० रनमा अविजित रहे । इंग्ल्याण्डका रेहान अहमदले दुई विकेट लिए ।

यसअघि नट्टिंघमको ट्रेन्ट ब्रिजमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । उसका लागि जोन्नी बेरिष्टोले ७३ तथा डाविड मलान र लायम लिभिङस्टोन समान २६ रन बनाए ।

बलिङमा न्यूजिल्याण्डका मिचेल सान्टनरले ३ तथा इश सोधीले दुई विकेट हात पारे । इंग्ल्याण्डका जोन्नी बेरिष्टो म्यान अफ द सिरिज र न्यूजिल्याण्डका मिचेल सान्टनर म्यान अफ द म्याच भए ।

इंग्ल्याण्डले पहिलो खेल ७ विकेटले र दोस्रो खेल ९५ रनले जितेको थियो । तेस्रो खेलमा न्यूजिल्याण्ड ७४ रनले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्