खेलकूद

एसिया कपबाट बाहिरिए पनि नेपाली खेलाडीको प्रदर्शनको प्रशंसा

हिमालय टिभी
२०८० भदौ १९ गते १३:२९
एसिया कपबाट बाहिरिए पनि नेपाली खेलाडीको प्रदर्शनको प्रशंसा

१९ भदौ २०८० काठमाडौ । एसिया कप क्रिकेट भारतसँग १० विकेटले पराजित भए पनि नेपाली खेलाडीको प्रदर्शनको भने प्रशंसा भइरहेको छ ।

श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धशतक र सोमपाल कामीको ४८ तथा कुशल भुर्तेलको ३८ रन मद्दतमा भारत विरुद्ध २३० रन बनाएको थियो ।

वर्षाले प्रभावित खेलमा भारतले डीएलएस मेथडमा २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पायो र विना क्षति १४७ रन बनाएर पूरा गरेर खेल जित्यो। खेलपछि नेपाली टिमले भारतीय टिमका खेलाडी प्रशिक्षकहरुसँग उनीहरुको ड्रेसिङ रुपमा भेटे । र उनीहरुको हातबाट मेडल लगाए ।

भारतीय टिमका पूर्वकप्तान विराट कोहलीले आसिफ शेखलाई, अलराउण्डर हार्दिक पाण्ड्याले सोमपाल कामीलाई र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले सोमपाललाई स्टार अलराउण्ड र दीपेन्द्रलाई स्टार फिल्डरको रुपमा चिनाएका थिए ।

नेपाली टिमको जिम्मेवारी लिएसँगै मोन्टीले ह्याप्पी ड्रेसिङ रुमको माहोल बनाएका छन् । त्यही अनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल लगाएर सम्मान गर्ने चलन बसालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्