खेलकूद
कार्लोस अल्कारेज युएस ओपन टेनिसको क्वार्टरफाइनल प्रवेश
२०८० भदौ १९ गते ८:५२
१९ भदौ २०८० काठमाडौं । साविक विजेता कार्लोस अल्कारेज युएस ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
इटालीका माट्टेउ अर्नाडीलाई ३–० को सोझो सेटमा पराजित गर्दै अल्कारेजले अन्तिम आठमा स्थान पक्का पारे । पहिलो सेट ६–३ ले जितेका स्पेनिस खेलाडी अल्कारेजले दोस्रो सेट पनि ६(३ ले नै जितेका थिए ।
अन्तिम सेटमा उनी ६४ ले विजयी भए । अल्कारेजले अर्को चरणमा जान्निक सिन्नर वा एलेक्साण्डर जारेभसँग खेल्ने छन् ।
रुसी खेलाडी आन्द्रे रुब्लेभ पनि क्वार्टरफाइनलमा पुगेका छन् । उनले अब डानिल भेदभेदेव र एलेक्स डी मिनोरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
उता महिलातर्फ तेस्रो वरियताकी अमेरिकी खेलाडी जेसिका पेगुला र पाँचौ वरियताकी ट्यूनेशियाकी ओन्स जाबेउर अन्तिम सोह्रबाटै बाहिरिए ।
प्रतिक्रिया