खेलकूद
म्यानचेष्टर युनाइटेडविरुद्ध आर्सनलको जित
२०८० भदौ १८ गते ९:३०
१८ भदौ २०८० काठमाडौं । इन्जुरी समयमा दुई गोल गर्दै आर्सनलले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि पुनरागमन जित निकालेको छ ।
गएराति घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडविरुद्ध ३–१ को जित निकालेका हो ।
आर्सनलका लागि मार्टिन ओडेगार्ड डेक्लान राइस र गाब्रिएल जेससले एक एक गोल गरे । युनाइटेडका तर्फबाट मार्कुस रासफोर्डले एक गोल गरे । जितसंगै चार खेलबाट १० अंक जोडेको आर्सनल पाँचौ स्थानमा उक्लेको छ ।
दोस्रो हार बेहोरेको युनाइटेड चार खेलबाट ६ अंकसहित ११औं स्थानमा छ ।
प्रतिक्रिया