खेलकूद

एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तान भिड्दै

हिमालय टिभी
२०८० भदौ १३ गते १३:१२
एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तान भिड्दै

१३ भदौ २०८० काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आज नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दैछ ।

एसिया कपको डेब्युटान नेपाल र २ पटकको विजेता पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा हुनेछ । घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपका लागि छनोट भएको हो ।

नेपाल एसिया कप खेल्ने आठौं टोली बन्ने छ । यसअघि एसियाका ५ टेस्ट राष्ट्र बाहेक एसोसिएटबाट युएई, हङकङले खेलिसकेका छन् । सन् २००२ मा पहिलो पटक एसिया कपमा छनोट भएर पनि प्रतियोगिता नहुँदा नेपालको एसिया कप खेल्ने सपना पुरा हुन सकेन ।

नेपाल यस पटक पाएको अबसर भरपुर सदुपयोग गर्ने लक्ष्यमा छ । यता पाकिस्तान घरेलु मैदान र दर्शकको साथमा तुलनात्मक रुपमा कमजोर टोलीविरुद्ध शान्दार सुरुवात गर्न चाहन्छ । आईसिसीको ओडिआईतर्फ विश्व वरियतामा पाकिस्तान शीर्षस्थानमा र नेपाल १५ औं स्थानमा छ ।

यसर्थ नेपालले कुनै पनि प्रतियोगितामा सिनियरतर्फ पहिलो पटक शीर्ष वरियताको टोलीविरुद्ध खेल्न लागेको हो । एसिया कपमा सहभागी ६ टोली मध्ये नेपाल सबैभन्दा तल्लो वरियताको टोली हो । नेपालले आफ्नो पछिल्लो ५ खेलमा २ जित र ३ हारको नतिजा निकालेको छ ।

पाकिस्तानले भने आफ्नो पछिल्लो ५ खेलमा ४ जित र १ हारको नतिजा निकालेको छ । पाकिस्तानका लागि आजको खेलमा कप्तान बाबर आजम, शादब खान, फखार जमान, हरिस रौफ र शाहिन शा अफ्रिदीको प्रदर्शन निर्णायक बन्न सक्छ । त्यस्तै नेपालका लागि कप्तान रोहित पौडेलसँगै सन्दीप लामिछाने, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, करण केसी महत्वपूर्ण खेलाडी बन्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्