खेलकूद

वेष्ट ह्याम युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

हिमालय टिभी
२०८० भदौ १० गते ९:२०
वेष्ट ह्याम युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

१० भदौ २०८० काठमाडौं । वेष्ट ह्याम युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति ब्राइटनलाई ३–१ ले हराउँदै वेष्ट ह्याम शीर्ष स्थानमा पुगेको हो । १९औं मिनेटमा जेम्स वार्ड प्राउसले वेष्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

त्यसपछि वेष्ट ह्यामका लागि ५८औं मिनेटमा जारोर्ड बोवेन र ६३औं मिनेटमा मिचेल एन्टोनियोले गोल थपे । ब्राइटनका लागि ८१औं मिनेटमा ग्रोबले सान्त्वना गोल गरे । वेष्ट ह्यामले तीन खेलबाट ७ अंक जोडेको छ ।

लिग अन्तर्गत नै टोटेनह्यामले बर्नमाउथमाथि २–०, म्यानचेष्टर युनाइटेडले नट्टिंघम फरेष्टमाथि ३२ र उल्फ्ले एभर्टनमाथि १–० को जित निकाले ।

त्यस्तै आर्सनल र फूलह्यामले २–२ तथा क्रिष्टल प्यालेस र ब्रेन्टफोर्डले १–१ को बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्