दोस्रो एक दिवसीय क्रिकेटमा अफगानिस्तानविरुद्ध पाकिस्तानको संघर्षपूर्ण जित
८ भदौ २०८० इस्लामावाद । पाकिस्तानले दोस्रो एक दिवसीय क्रिकेटमा अफगानिस्तानमाथि एक विकेटको संघर्षपूर्ण जित निकालेको छ ।
तीन सय एक रनको विशाल लक्ष्य पाकिस्तानले ९ विकेटको नोक्सानीमा एक बल बाँकी रहँदा भेट्टाएको हो । पाकिस्तानका ब्याटर इमाम उल हकले सर्वाधिक ९१ रन बनाए ।
त्यस्तै कप्तान बाबर आजम ५३ तथा शादब खान ४८ रनमा पेभेलिएन फर्के । बलिङमा अफगानिस्तानका फजलहक फारुखीले ३ तथा मोहम्मद नाबीले दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै तीन सय रनको योगफल तयार पारेको थियो । अफगानिस्तानका रहमनुल्लाह गुर्बाजले १५१ रनको उत्कृष्ट इनिंग्स खेले ।
१५१ बल खेलेका गुर्बाजले ३ छक्का र १४ चौका प्रहार गरेका थिए । गुर्बाज पाकिस्तानविरुद्ध शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । त्यस्तै इब्राहिम जादरनले ८० तथा मोहम्मद नाबीले २९ रन बनाए ।
पाकिस्तानका शाहिन साह अफ्रिदीले दुई विकेट लिए । जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा २(० को अग्रता लिएको छ । पहिलो खेलमा पाकिस्तान १४२ रनले विजयी भएको थियो ।
प्रतिक्रिया