खेलकूद

महिला ट्वेन्टी-ट्वेन्टीमा नेपालको विजयी सुरुवात, हककङ ६ विकेटले पराजित

हिमालय टिभी
२०८० भदौ ५ गते १६:३३
महिला ट्वेन्टी-ट्वेन्टीमा नेपालको विजयी सुरुवात, हककङ ६ विकेटले पराजित

५ भदौ २०८० काठमाडौं । चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । मलेसियामा आज भएको पहिलो खेलमा नेपालले हङकङलाई ६ पराजित गरेको हो ।

हङकङले दिएको ८५ रनको विजयी लक्ष्य नेपालले १५ दशमलब ५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालकी सम्झना खड्का ३६ रनमा अविजित रहँदा ओपनर पूजा महतोले १६ रन जोडिन् । राष्ट्रिय महिला टोलीमा डेब्यु गरेकी पूजाले एक विकेट पनि लिइन । अर्की ओपनर बिन्दु रावल शून्य रनमै एलबीडब्लु धरापमा परिन्। इन्दु बर्मा ९ र कप्तान रुविना क्षत्री १० रनमा आउट भए ।

त्यसअघि वायोमास ओलल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १९ दशमलब १ ओभरमा ८४ रन बनाउँदा अलआउट भयो। नेपालका लागि सीता राना मगरले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् ।

हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । सिरिजमा नेपाल र हङकङसहित घरेलु टोली मलेसिया र कुवेत सहभागी छन ।

यही अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला ट्वेन्टी-ट्वेन्टी विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप चारदेशीय सिरिज शुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्