खेलकूद

स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

हिमालय टिभी
२०८० भदौ ३ गते १८:१३
स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

३ भदौ २०८० काठमाडौं । फिफा महिला विश्वकप फुटबलको नवौं संस्करण स्पेनले जितेको छ ।

स्टेडियम अस्ट्रेलिया सिड्नीमा आज सम्पन्न खेलमा इङ्ल्याण्डलाई १(० गोलले हराउँदै स्पेनले उपाधि जितेको हो । स्पेनलाई विश्वकपको पहिलो उपाधि दिलाउन कप्तान ओल्गा कारमोनाले पहिलो हाफमा गरेको गोलनै निर्णायक बन्यो ।

मारिओना काल्डेनतेको पासमा ओभरल्यापमा अघि बढेका ओल्गाले २९ औं मिनेटमा स्पेनलाई अग्रता दिलाइन् । पहिलो हाफमा १ गोलको अग्रता लिएको स्पेनले दोस्रो हाफमा अग्रता लिने राम्रो मौका गुमायो ।

इङ्ल्याण्डका खेलाडीले डिबक्समा बल हातले छोएपछि ६९ औं मिनेटमा पाएको पेनाल्टी जेनिफर हेरमोसले गोल गर्न सकेनन् । जेनिफरको फितलो प्रहार इङ्ल्याण्डकी गोलकिपर मेरी ईर्प्सले बचाइन् । खेलमा अधिकांश समय बलमा पकड बनाएपनि बाँकी समयमा स्पेनले गोल गर्न सकेन ।

जितसँगै तेस्रो सहभागीतामा स्पेनले उपाधि उचाल्न सफल भयो । पहिलो सहभागीतामा समुह चरणबाटै बाहिरिँदा गत संस्करण अन्तिम १६ सम्म पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्