खेलकूद

महिला विश्वकप फुटबलमा आज अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

हिमालय टिभी
२०८० साउन ३१ गते ८:३६
महिला विश्वकप फुटबलमा आज अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

३१ साउन २०८० काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज दोस्रो तथा अन्तिम सेमिफाइनल हुँदैछ ।

फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा आयोजक अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै छन् । अष्ट्रेलियाले क्वार्टरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

इंग्ल्याण्डले भने कोलम्बियालाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । दुबै टोली पहिलो पटक फाइनल पुग्दै इतिहास बनाउने लक्ष्यसहित मैदान ओर्लने छन् ।

अष्ट्रेलिया यस प्रतियोगिताअघि कहिल्यै पनि क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको थिएन । उता युरोपेली च्याम्पियन इंग्ल्याण्ड लगातार तेस्रो विश्वकपको सेमिफाइनल खेल्दै छ ।

अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्रेलिया रंगशालामा खेल दिउँसो पौने चार बजे शुरु हुनेछ । आजको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्