स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनल प्रवेश
३० साउन २०८० काठमाडौं । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ ।
न्यूजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा आज भएको पहिलो सेमिफाइनल खेलमा स्वीडेनलाई २–१ गोलअन्तरले हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको हो । स्पेन पहिलो पटक विश्वकपको फाइनल प्रवेश गरेको हो ।
स्पेनलाई पहिलो पटक फाइनलमा पुर्याउन सल्मा पारालुइलो र ओल्गा कारमोनाले एक–एक गोल गरे । स्विडेनका लागि रेबेका ब्लोमक्भिस्टले एक गोल फर्काइन् ।
१९ वर्षीया सल्मा पारालुइलोले ८१ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर स्विडेनकी रेबेकाले ८८ औँ मिनेटमा बराबरी गोल गरिन् ।८९ औँ मिनेटमा ओल्गाले गरेको गोलसँगै स्पेन फाइनलमा प्रवेश गर्यो ।
स्पेनले अब फाइनलमा इंग्ल्यान्ड र सह–आयोजक अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया