खेलकूद

प्रिमियर लिग फुटबल : सिजनको पहिलो खेलमा लिभरपुल र चेल्सीले अंक बाँडे

हिमालय टिभी
२०८० साउन २९ गते ७:३८
प्रिमियर लिग फुटबल : सिजनको पहिलो खेलमा लिभरपुल र चेल्सीले अंक बाँडे

२९ साउन २०८० काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सिजनको पहिलो खेल लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।

चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा गएराति भएको खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुलका लागि लुइस डियाज र चेल्सीका लागि एक्सेल डिसासीले गोल गरे ।

पहिलो खेलमा अंक बाँडेका चेल्सी र लिभरपुल क्रमशः तालिकाको १०औं र ११औं स्थानमा छन् ।

गएराति नै भएको अर्को खेलमा टोटनहमले पनि ब्रेन्टफोर्डसँग २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

ब्रेन्टफोर्डको मैदान जीटेक कम्युनिटी रंगशालामा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन रोमेरो र ब्रेन्टफोर्डका लागि ब्रायन एम्बेउमोले एक एक गोल गरे । पहिलो खेलमै रोकिएका ब्रेन्टफोर्ड सातौं र टोटनहम आठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्