खेलकूद

अल नासर क्लबले जित्यो अरब क्लब च्याम्पियन्स कपको उपाधि

हिमालय टिभी
२०८० साउन २८ गते ९:०६
अल नासर क्लबले जित्यो अरब क्लब च्याम्पियन्स कपको उपाधि

२८ साउन २०८० काठमाडौं । अरब क्लब च्याम्पियन्स कपको उपाधि साउदी अरेबियाको अल नासर क्लबले जितेको छ ।

फाइनलमा साउदीकै अल हिलाललाई २–१ ले हराउँदै अल नासर च्याम्पियन बनेको हो । अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे ।

अल हिलालको घरेलु मैदान किङ फाहद रंगशालामा रोनाल्डोले ७४औं र ९८औं मिनेटमा गोल गरेका थिए । त्यस्तै ७१औं मिनेटमा अब्दुलेलह अल–अमरीले रेड कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो ।

यसअघि अल हिलालका लागि ५१औं मिनेटमा माइकलले गोल गरेका थिए । साउदी क्लबमा भित्रिएपछि रोनाल्डोले क्लबबाट जितेको यो पहिलो उपाधि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्