खेलकूद

आर्सनलले जित्यो कम्युनिटी शिल्डको उपाधि

हिमालय टिभी
२०८० साउन २२ गते ७:३८
आर्सनलले जित्यो कम्युनिटी शिल्डको उपाधि

२२ साउन २०८० काठमाडौं । कम्युनिटी शिल्डको उपाधि आर्सनलले जितेको छ ।

लण्डनको वेम्बली रंगशालामा गएराति म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आर्सनलले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

आर्सनलले म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै उपाधि जित्यो । जितसंगै आर्सनलले यस सिजनको प्रिमियर लिगको उपाधिमा बलियो दाबी पेश गरेको छ ।

गत सिजन आर्सनलले २ सय ४८ दिन प्रिमियर लिगको तालिकामा अग्रता दिएको थियो । तर अन्तिममा लिग उपाधि सिटीलाई सुम्पिन पर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्