खेलकूद

महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै

हिमालय टिभी
२०८० साउन ९ गते ८:४७
महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै

९ साउन २०८० काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् ।

आजको पहिलो खेल कोलम्बिया र दक्षिण कोरियाबीच हुनेछ । समूह एच अन्तर्गत कोलम्बिया र दक्षिण कोरिया भिड्न लागेका हुन् । अष्ट्रेलियाको सिड्नी फुटबल रंगशालामा खेल नेपाली समय अनुसार बिहान पौने आठ बजे शुरु हुनेछ ।

दोस्रो खेलमा घरेलु टोली न्युजिल्याण्ड र फिलिपिन्सले प्रतिस्पर्धा गर्नेछन् । समूह ए मा न्युजिल्याण्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा फिलिपिन्स पहिलो जित निकाल्ने दाउमा हुनेछ ।

फिलिपिन्सले पहिलो खेलमा नर्वेलाई १–० ले हराउँदा फिलिपिन्स स्वीट्जरल्याण्डसँग २० ले पराजित भएको थियो । न्युजिल्याण्डको विलिङटन क्षेत्रिय रंगशालमा खेल बिहान सवा एघार बजे हुनेछ ।

त्यस्तै तेस्रो तथा अन्तिम खेल समूह ए मै स्वीट्जरल्याण्ड र नर्वेबीच हुनेछ । यस समूहमा स्वीट्जरल्याण्ड शीर्ष स्थानमा छ । नर्वे तेस्रो स्थानमा छ । न्यूजिल्याण्डको ह्यामिल्टनस्थित वाइकाटो रंगशालामा खेल दिउँसो पौने दुई बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्