खेलकूद

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

हिमालय टिभी
२०८० साउन ८ गते ८:०७
महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

८ साउन २०८० काठमाडौं । महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन्।

पहिलो खेलमा इटाली र अर्जेन्टिना भिड्दै छन्। खेल बिहान पौने १२ बजे न्यूजिल्यान्डको इडन पार्कमा हुनेछ। समूह जीमा रहेका यी दुई टोलीले समूह चरणमा पहिलो खेल खेल्न लागेका हुन्।

आजै हुने अर्को खेलमा जर्मनीले मोरक्कोसँग खेल्दैछ। अष्ट्रेलियाको मेलबर्नमा हुने खेल दिउँसो सवा २ बजे शुरु हुनेछ। उपाधि दाबेदार जर्मनीले पहिलो खेल खेल्न लागेको हो।

आजको अन्तिम खेलमा ब्राजिलले पानमासँग खेल्नेछ। अस्ट्रेलियामै हुने यी दुई बीचको खेल अपरान्ह् पौने पाँच बजे सुरु हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्