खेलकूद
कार्लोस अल्कारेजले जिते विम्बल्डन टेनिसको उपाधि
२०८० साउन १ गते ७:४४

१ साउन २०८० काठमाडौं । विम्बल्डन टेनिसको उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन्।
विश्व नम्बर एक अल्कारेजले दोस्रो वरियताका नोभाक जोकोभिकलाई ६–१, ७–६, ६–१, ३–६ र ६–४ ले हराउँदै ग्रान्डस्लाम उपाधि उचालेका हुन्।
पहिलो सेट ६–१ ले गुमाएका कार्लोसले दोस्रो सेटमा ७–६ को जित निकाले। त्यसपछिको सेट उनले ६–१ ले आफ्नो पक्षमा पारे। चौथो सेट ३–७ ले जोकोभिचले जिते ।
पाँचौ सेट अल्कारेजले ६–४ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक विम्बल्डनको उपाधि हात पारे। हारसंगै जोकोभिचको आठौँ विम्बल्डन उपाधि जित्ने लक्ष्य अपूरो रह्यो। जोकोभिचले अहिलेसम्म २३ ग्रान्डस्लाम उपाधि जितेका छन्।
२० वर्षीय अल्कारेजको यो पहिलो विम्बल्डन उपाधि हो। यसअघि उनल सन् २०२२ मा युएस ओपन जितेका थिए।
प्रतिक्रिया