किन प्रभावकारी हुन सकेन सिकलसेल एनिमियाको उपचार ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ २८ गते १६:४६
किन प्रभावकारी हुन सकेन सिकलसेल एनिमियाको उपचार ? (भिडियो रिपोर्टसहित)

२८ जेठ २०८० बाँके । पश्चिम तराइका थारु समुदायमा वंशाणुगत रूपमा फैलिँदै गरेको सिकलसेल एनिमियाको उपचार प्रभावकारी हुन सकेको छैन ।

सरकारले परीक्षण र उपचार निःशुल्क घोषणा गरे पनि जनचेतना अभाव, गरिबी, तथा स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा सिकलसेल एनिमिया रोगीको उपचार प्रभावकारी बन्न नसकेको हो ।

नेपालको तराई क्षेत्रका बाँके, दाङ, बर्दिया, कैलाली थारू जातिको बसोबास धेरै भएका जिल्ला हुन्। र, यी जिल्लामा सिकलसेल रोगबाट प्रभावित बिरामीको संख्या बढिरहेको छ। सरकारले सिकलसेलको परीक्षण र उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। तर पश्चिम तराईमा जनचेतना अभाव, गरिबी, तथा सर्वसुलभ स्वास्थ्य सेवा नहुँदा सिकलसेल एनेमिया रोगीको उपचार प्रभावकारी देखिएको छैन ।

सरकारले पश्चिम तराईमा विशेषगरी थारू समुदायमा देखिएको सिकलसेल एनिमियारोगको उपचारलाई सर्भसुलभ र निःशुल्क गर्ने घोषणा गरेको छ । तर बिरामीले सिकलसेलको परीक्षण निःशुल्क गर्न भने पाइरहेको छैनन् । परीक्षण र उपचार निःशुल्क भए पनि ग्रामीण स्तरमा पुगेर रोगका बारेमा परीक्षण र जनचेतना जगाउन नसकेपछि अहिले जनस्वास्थ्य कार्यालय बाँकेले निःशुल्क सिकलसेल परीक्षण परामर्श शिविर संचालन गरेको छ ।

सिकलसेल एनिमिया सम्बन्धी समस्या दुई किसिमको हुन्छ । सिकलसेल बाहक र सिकसेल रोगी । भेरी अस्पतालका चिकित्सकले रोगीलाई रातो र सिकलसेल बाहकलाई पहेँलो र निरोगीलाई हरियो कार्ड दिने गरेका छन् । रातो र पहेँलो कार्ड भएका बिरामीले हरियो कार्ड भएका युवायुवतीसँग विवाह गरेमा सिकलसेल रोगबाट जोगाउन सकिने चिकित्सकको दावी छ ।

चिकित्सकको सल्लाह अनुसार अहिले थारु समुदाय बिहेबारी गर्दा यसतर्फ ध्यान दिन भने थालेका छन् ।

यो वर्ष बाँकेको राप्ती सोनारीका १ हजार ७ जना थारु समुदायका विद्यार्थीको सिकलसेल परीक्षण गर्दा करिव साढे ८ प्रतिशत विद्यार्थीमा यो समस्या देखिएको छ । गाउँपालिकाले सिकलसेलका रोगीको उपचार गर्न सहज होस् भनेर आगामी आर्थिक वर्षदेखि रोगीको स्वास्थ्य बिमा गरिदिने भएको छ ।

सरकारले २०६८ सालदेखि सिकलसेल एनिमियाका बारेमा अध्ययन सुरु गरेको थियो । २०७१ सालमा सिकलसेल एनिमियालाई जनस्वास्थ्य समस्याका रूपमा स्वीकार गरेर प्रतिबिरामी एक लाख रूपैयाँ उपचार खर्च दिन थालेको हो । हाल सम्म भेरी अस्पतालबाट ९ सय ८५ जना बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण र औषधि पाएका छन् । तर, धेरैजसो व्यक्ति अझै जानकार छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *