सरकारी निकायबीच समन्वयमा समस्या, सडक विस्तारमा यस्तो असर (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १५ गते १७:५०
सरकारी निकायबीच समन्वयमा समस्या, सडक विस्तारमा यस्तो असर (भिडियो रिपोर्टसहित)

१५ वैशाख २०८० सुर्खेत । कुनै पनि विकास निर्माणको काममा सरकारी निकायबीच समन्वय नहुनु नौलो कुरा होइन । त्यसको निरन्तरता सुर्खेतको सडक विस्तार कार्यमा पनि देखिएको छ ।

एकातिर सरकारी निकायको झन्झटिको कार्यविधि र असमन्वय, त्यसमाथि स्थानीयको असहयोग, यसले विकास भन्दा पनि राज्यकोषको विनास गरिरहेको छ । त्यसको पछिल्लो उदाहरण हो( सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा नालाको बीच भागमा गाडिएको पोल ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ को । अहिले वीरेन्द्र चोकदेखि एरिचोक जोड्ने सडकको विस्तार र नाला निर्माण भइरहेको छ । तर नालाको बीचमा बिजुलीको पोल छ ।

नालामा पानी बग्न थालेपछि यी पोलहरु ठडिइरहलान् ? नालामा पानी सहजै बग्ला रु कस्तो विकास हो यो रु नाला निर्माण गरिरहेको पूर्वाधार विकास निर्देशनालय र विद्युत प्राधिकरणबीच समन्वय नहुँदा विकासको यस्तो नमूना देखिएको हो ।

असमन्वय पूर्वाधार विकास निर्देशनालय र नेपाल विद्युत प्राधिकरणको मात्र होइन । यहाँ स्थानीयले पनि अड्को थापेका छन् । उनीहरुलाई नालासहितको स्तरीय सडक चाहिएको छ । विजुली पनि चाहिएको छ । तर, आफ्नो घर अगाडि पोल राख्न कसैले दिँदैनन् ।

अहिलेलाई पूर्वाधार निर्माण र विद्युत प्राधिकरणबीच असमन्वय देखिए पनि भविष्यमा खानेपानीको विषय आउने सम्भावना छ । यसरी सम्बन्धित निकायबीच समन्वय नहुँदा पूर्वाधार बन्दै भत्किँदै जाने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *