नासिँदै वर-पिपलका रुख र चौतारा (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ९ गते १८:०७
नासिँदै वर-पिपलका रुख र चौतारा (भिडियो रिपोर्टसहित)

९ वैशाख २०८० धनकुटा । लस्करै वर र पिपलका ठूला–ठूला रुख । थोरै हावा चल्दा पनि शीतलता दिने । गाउँको पहिचान हो, बरपिपल । तर, गाउँमा बाटो विस्तार तीब्र गतिमा हुँदा वर पिपलका रुख तथा चौतारा नासिँदै गएका छन् । र, बरपिपल पनि रोप्नै छोडिएको छ ।

धार्मिक हिसाबले हेर्दा बरपिपल रोप्नु राम्रो मानिन्छ । पितृ तर्ने तथा रोप्नेलाई धर्म हुने मान्यताका साथ बरपिपल रोप्ने गरिन्छ । तर अहिले भएका बरपिपल मासिन थालेका छन् भने नयाँ रोप्न बन्द भएको छ । यसले शीतलता प्रदान गर्ने भएकाले पनि गाउँगाउँमा यो रोप्ने गरिन्थ्यो । तर, अहिले न धर्म न त सेवाकै नाममा बरपिपल रोपिन्छ ।

बढ्दो आधुनिकता, शहरीकरण र यातायातको विस्तारले बरपिपल रोप्ने परम्परा हराउदै गएको कतिपयको बुझाई छ । बटुवा आएर भारी बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरण समेत हुने भएकाले बर पिपलका विरुवा रोपी चौतारा बनाउने चलन थियो ।

स्वच्छ हावा र अक्सिजन दिने बरपिपल नै हुन् । पानी बढी संचित गर्ने र जरा धेरै फैलने भएकाले भुक्षयीकरण समेत रोकिने हुँदा यसको महत्व पनि छ । तर, कसैले चासो नदेखाउँदा अब जति बरपिपल छन् यी पनि विस्तारै मासिने हो कि भन्ने चिन्ता बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *