जीर्ण राप्ती लोकमार्ग, बढ्दो दुर्घटना (भिडियो रिपोर्टसहित)

२०७९ चैत २२ गते २०:५४
जीर्ण राप्ती लोकमार्ग, बढ्दो दुर्घटना  (भिडियो रिपोर्टसहित)

२२ चैत २०७९ दाङ । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् ।

साँघुरो सडक, उप्किएको पिच र सडकमा रहेका खाल्टाखुल्टीको कारण राजमार्गमा दुर्घटना बढ्दो छ । जसले गर्दा राजमार्ग मृत्यु मार्ग जस्तै बनेको छ । दूरीको हिसाबले छोटोपर्ने अर्को गंगालाल मार्ग छ । तर, त्यसको स्तरोन्नती नहुँदा यही मार्गबाट यात्रा गर्नुपर्ने बाध्यता छ ।

दाङ हुँदै सल्यान, रुकुमसम्म जानको लागि राप्ती लोकमार्ग पर्दछ । तर, यो राजमार्ग अहिले जीर्ण अवस्थामा हुँदा यात्रुहरु जोखिममा यात्रा गर्न बाध्य भएका छन् । हिउँदे धुमाल्मे र बर्षायाममा हिलाम्मे हुन्छ ।

कुन बेला पहिरो कहाँ जान्छ, भन्ने पत्तो हुँदैन । तर, तुलसीपुर उपमहानगरपालिका ३ हुँदै सल्यानको लुहान पुगिने गंगालाल मार्ग पनि छ । राप्ती राजमार्ग भन्दा दूरीमा कम र जोखिम पनि कम भएपनि कसैको ध्यान गएको छैन ।

दुरीको हिसाबले पनि कम र लोक मार्ग गरिएको भन्दा कम बजेट खर्च हुने भएकाले वैकल्पिक बाटो बनाउनुपर्ने जनप्रतिनिधिले माग गरेका छन् । हुनपनि राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदैरुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् ।

राप्ती लोकमार्ग सुरुमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको हो ।तुलसीपुरदेखि रुकुम पश्चिम खौलासम्मको सडक ठाउँ ठाउँमा बिग्रिएको छ । तीन वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको छ । अहिले वैकल्पिक मार्ग बनाउनुपर्ने माग उठेपछि भने सडक डिभिजन कार्यालयले राप्तीको सडकस्तरोन्नती गर्न ठेक्का लगाएको छ ।

दुरीको हिसावले पनि कम र सवारीको चाप पनि घट्ने भएकाले यसलाई वैकल्पिक मार्ग बनाउनुपर्ने माग नागरिकस्तरमा उठेपनि कसैले चासो दिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *