सिन्धुपाल्चोकको भैरबकुण्ड-पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल (भिडियो रिपोर्टसहित)

२०७९ चैत २२ गते १६:१०
सिन्धुपाल्चोकको भैरबकुण्ड-पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल (भिडियो रिपोर्टसहित)

२२ चैत २०७९ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उच्च हिमाली क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थल भैरबकुण्ड पाँचपोखरी लगायतका रमणीय ठाउँ अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुद्री सतहदेखि ४२ सय मिटरको उचाइमा रहेका कुण्डमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

सिन्धुपाल्चोकको उत्तरी क्षेत्र तातोपानी नाका संगैको भोटेकोशि गाउँपालिकाको उच्च भेगमा अवस्थित भैरवकुण्डलाई दर्शन गरेमा मनले चिताएका कुरा पूरा हुने जनविश्वास छ ।

भैरबकुण्ड, पाँचपोखरी जस्ता धार्मिक कुण्ड, पर्यटक पदमार्गको लागि निकै आकर्षक गन्तव्य बन्दै गएको छ । उच्च पहाडी हिमश्रृखलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ ।

काठमाडौँबाट नजिकको दुरीमा रहेको सिन्धुपाल्चोकको पर्यटकीय स्थलमा छुट्टी मनाउन, धार्मिक आस्था पूरा गर्न, उच्च हिमाली ठाउँमा हिँउ खेल्न तथा मनोरञ्जनका लागि यहाँ आउने पर्यटक बाक्लिदै गएका छन् । बरफ बनेको ताल विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न पाइने भएकाले पनि रोजाइमा पर्ने गरेको छ ।

भैरवकुण्ड जानको लागि अहिले हिउँदको समयमा सवारी साधनमा डाँकलाङ, लिस्ति हुँदै चोकरमोकरसम्म पुग्न सकिन्छ । भैरवकुण्ड जाने बाटैमा पर्ने लिस्तिमाईको दर्शन गर्दै जाने पर्यटकको संख्या बढेपछि अहिले त्यहाँका होटल, यातायात व्यवसायी तथा स्थानीय पनि खुसी छन् ।

जिल्लाका अधिकांश स्थानीय तहले कृषि, पर्यटन, उद्योग र जलाधारलाई मुल नारा बनाएर काम गरिरहेका छन् भने पर्यटन प्रर्वद्धनका लागि पाहुना हाम्रो साथी अभियान पनि चलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *