खेलकूद
अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि लुम्बिनीमा पीस म्याराथन (भिडियो रिपोर्टसहित)
२०७९ चैत २२ गते १४:५५
चैत २२ २०७९ काठमाडौं । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको अवसर पारेर भोलि लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन को आयोजना हुने भएको छ ।
नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकूद परिषदको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना हुन लागेको हो । कपिलवस्तुको तिलौराकोट दरबारबाट सुरु हुने म्याराथन लुम्बिनीको शान्ति दीपमा आएर समापन हुनेछ ।
म्याराथनमा विभिन्न देशका ५० भन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । यो संस्करण सकिएसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ ।
म्याराथनको विजेताले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रोले २५ हजार पाउनेछ ।
प्रतिक्रिया