लोप हुँदै आरन पेशा (भिडियो रिपोर्टसहित)

२०७९ चैत ११ गते २०:५७
लोप हुँदै आरन पेशा (भिडियो रिपोर्टसहित)

१ चैत २०७९ रुकुम पूर्व । पुस्तौँ पुस्तादेखि चल्दै आएको सिप र प्रविधिको प्रयोगमा आधारित रहेर सञ्चालन हुँदै आएको बालीघरे प्रथा ‘आरन पेसा’ लोप हुँदैछ । पुरानैशैली र औजार बनाउन प्रयोग हुने गोल र उचित पारिश्रमिक पर्याप्त मात्रामा नहुँदा यो पेसा संकटमा छ ।

प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभावले च्याप्दै जान थालेपछि समाजमा बालीघरे प्रथाका रुपमा रहेको आरन पेसा बन्द हुँदै जाँदा रुकुम पूर्वका आरन व्यवसायीलाई हातमुख जोड्न पनि मुस्किल हुने गरेको छ ।

रुकुम पूर्वका हर्कवीर कामीको सिस्ने गाउँपालिका २ स्थित छिप्रिदहमा आरण उद्योग छ । घरेलु तथा साना उद्योग कार्यालयबाट हुने आरण बनाउने तालिमको सहजीकरण समेत गर्दै आउनुभएको छ । तर, उहाँ सन्तुष्ट भने हुनुहुन्न । विभिन्न पेसा, व्यवसाय पुस्तान्तरण भएपनि आरन पेसा भने उही पुरानो तौरतरिका हुँदा पेसा नै संकटमा पर्ने चिन्ता उहाँलाई छ । त्यसमाथि जातीय पेसा भनेर जोड्दा उहाँलाई पेसाप्रति विकर्षण हुन थालेको छ ।

भूमे गाउँपालिकाका सर्जन विक उमेरले युवा हुनुहुन्छ । तर, पुरानो शैलीबाट बनाउने भाँडाकुँडाको बजारीकरण नहुनु र शारीरिक परिश्रम धेरै हुँदा उहाँ पनि पेसाप्रति खास उत्साही हुनुहुन्न ।

आधुनिकीकरणले पेसा संकटमा छ । अहिलेको युवा पुस्ताले यो पेसालाई तिरस्कार गर्छन् । बालीघरे प्रथा नै हराउँदै गएपछि ग्रामीण स्तरमै पेसा अहिले हराउन थालेको छ ।

आरण पेसालाई संरक्षण गर्न स्थानीय सरकारले लगानी गर्दै आएको छ । रुकुम पूर्वका तीन वटा गाउँपालिकाले यसलाई व्यवस्थित गर्न थालेका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले अहिलेसम्म जिल्लामा आरण व्यवसाय सुधारकै लागि भनेर २ पटक गरी ८ लाख बजेट खर्च गरिसकेको छ । तालिम दिने क्रम पनि चलिरहेको छ ।

अधिकांश परम्परागत पेसा अहिले आधुनिकीकरण हुदै गएका छन् । यस्तो अवस्थामा कठिन र जोखिमपूर्ण आरण पेसालाई सुधार गरी व्यावसायिक रूपान्तरण गर्नुपर्ने पेसा संलग्न भएकाको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *