ट्राफिक प्रहरीले भारतीय चालकसँग रकम असुल्ने गरेको खुलासा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ७ गते १६:३०
ट्राफिक प्रहरीले भारतीय चालकसँग रकम असुल्ने गरेको खुलासा (भिडियो रिपोर्टसहित)

७ चैत २०७९ कैलाली । कैलालीको त्रिनगर नाका हुँदै नेपाल आउने भारतीय मालबाहक गाडीबाट ट्राफिक प्रहरीले पैसा अशुल्ने गरेको पाइएको छ ।

राजश्वको जिम्मा भन्सार कार्यालयलाई भए पनि त्रिनगर नाकामा बस्ने ट्राफिक प्रहरीले गाडी इन्ट्री गरे वाफत प्रति गाडी दुई सय रुपयाँ लिने गरेको पाइएको छ ।

भारतीय गाडी चालकहरुका अनुसार विना रसिद पुलमा रहेका ट्राफिकले प्रति गाडी २ सय रुपयाँ असुल्ने गरेका छन् । नेपाललाई राजश्व बुझाउनुपर्ने भन्दै ट्राफिक प्रहरीले इन्ट्री गरेवाफत रकम लिने गरेको चालकहरुको गुनासो छ ।

भारतीय ट्रक चालकले त्रिनगर नाकामा मात्र होइन, गेटा चेकपोस्टमा पनि एक सय रुपैयाँ बुझाउने गरेका छन् । त्रिनगर नाकामा मात्रै नभएर कैलाली जिल्लाका हरेक पोस्टहरुमा ट्राफिक प्रहरीलाई पैसा नतिर्दासम्म गाडी अगाडी बढ्न नदिइएको अनुभव सुनाए ।

यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले छानविन गर्ने जनाएको छ । कैलालीको त्रिनगर नाका भएर प्रति दिन २५ देखी ३० वटा मालबाहक सवारी साधन भित्रिने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *