मध्यपहाडी लोकमार्गको काम किन सुस्त ? (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ३० गते १६:४२
मध्यपहाडी लोकमार्गको काम किन सुस्त ? (भिडियो रिपोर्टसहित)

३० फागुन २०७९ धनकुटा । धनकुटामा राष्ट्रियस्तरमा निर्माण भएको सडक योजनामध्ये अर्को महत्वपूर्ण मध्यपहाडी लोकमार्ग पनि हो । यो सडक धनकुटा र तेह्रथुम जिल्लाको सिमावर्ती बजार चित्रे बजार हुँदै धनकुटामा प्रवेश गर्छ ।

छथरजोरपाटी गाउँपालिकाभित्र सिँधुवा बजार, जोरपाटी बजार, हिले, पाख्रिवास हुँदै लेगुवामा पुगेर टुंगिन्छ । त्यसपछि लेगुवा हुँदै भोजपुर प्रवेश गर्छ । तर, भोजपुर पुग्नुअघि पाख्रविास सडक खण्डको माङ्गमायादेखि वरडाँडासम्मको तीन किलोमिटर सडक ७ वर्षदेखि बन्न सकेको छैन ।

कोशी प्रदेशको गौरवका आयोजनाले गति लिन सकेको छैन । मध्यपहाडी लोकमार्गको काम सुस्त गतिमा छ । निर्माण कम्पनीको लापरबाहीको कारण कामले अपेक्षित गति लिएको छैन ।

लोकमार्ग अन्तरगत धनकुटाको पाख्रिवास–लेगुवा सडक खण्डको माङ्गमायादेखि वरडाँडासम्मको सडक मात्र तीन किलोमिटर छ । तर, ७ वर्षदेखि सडक बनेको छैन । तीन किलोमिटर सडक पार गर्न सवारीसाधनलाई घण्टौँ लाग्छ ।

सडक नबन्दा आसपासका स्थानीयको दैनिकी नै प्रभावित भएको छ । मध्यपहाडी लोकमार्गको धनकुटा खण्ड अन्तर्गत हिले–लेगुवा सडकको निर्माण गत वर्ष नै सम्पन्न भयो । तर, तीन किलोमिटर नबन्दा त्यही सडक स्थानीयका लागि सास्ती बन्न पुगेको छ ।

संखुवासभा, भोजपुर र खोटाङ लगायतका जिल्ला पुग्ने सडक यही हो । निर्माण कम्पनी बिरुवा कन्स्ट्रक्सनले २०७२ सालमा हिलेदेखि लेगुवा सडक खण्ड मध्येका १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो । २०७५ सालमा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने थियो । तर ४ पटक म्याद थप गर्दा समेत सडक बनेन ।

थपिएको म्याद अनुसार ठेकेदार कम्पनीले चैत्र भित्रमा काम सम्पन्न गर्नुपर्ने छ । पेटीठेकेदारले काम नगर्दा समस्या आएको ठेकेदार कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *