खेलकूद

ककसले पाए पल्सर अवार्ड ?

हिमालय टिभी
२०७९ फागुन २३ गते १७:२१
ककसले पाए पल्सर अवार्ड ?

२३ फागुन २०७९ काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड २०७८ अन्तर्गत स्पेशल अवार्ड दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको अवार्ड समारोहमा ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेवी तामाङ र नङशल देवी तामाङका बुबाआमा दानबहादुर र मायादेवीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो । नेपाली ब्याडमिन्टनमा एकछत्र राज गर्न सफल तीन जना दिदीभाइलाई सफलता दिलाउनका लागि दानबहादुर र मायादेवीको मुख्य भूमिका छ ।

यसैगरी, फुटबलका अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्टलाई पछि पार्दै अवार्ड जितेका अलमुताइरीले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा विवादै विवादमा परे पनि अलमुताइरीले नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्‍याएका थिए ।

यस्तै, उत्कृष्ट युवा खेलाडीको अवार्ड फुटबलका मनिष डाँगीले प्राप्त गरेका छन् । मनोनयनमा परेका बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारीलाई पछि पारेर डाँगीले अवार्ड जितेका हुन । मछिन्द्र एफसीलाई ए डिभिजन लिगको उपाधि जिताएका डाँगीले विश्वकप छनोटमा इराकविरुद्ध गोल गरेका थिए ।

यस्तै, पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छिन् । क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामालाई पछि पार्द भण्डारीले अवार्ड हात पारेकी हुन् ।भोटिङका आधारमा विजेता चयन गरिएको यो विधमा उनले कुल ३८ प्रतिशत भोट पाइन् ।

यसैगरी, पलेशा गोवर्धनले पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पारा एथलेट सम्मान अवार्ड प्राप्त गरेका छन् ।

वर्ष २०७८ मा गरेको प्रदर्शनका आधारमा पलेशालाई अवार्ड प्रदान गरिएको हो । जापानमा भएको पारा ओलम्पिकमा दुई बाउट जित्दै पलेशा पदक नजिक पुगेकी थिइन् । तर ९ सेकेन्ड खेल सम्हाल्न नसक्दा पदक विमुख हुनु पर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्