वन्यजन्तुलाई पानी खान बनाइएकाे पाेखरी सुख्खा (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २२ गते १८:१३
वन्यजन्तुलाई पानी खान बनाइएकाे पाेखरी सुख्खा (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७९ सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार संरक्षित वनमा रहेका जंगली जनावर र मानवबीचको द्वन्द्व न्यूनिकरणको लागि निर्माण गरेको पोखरी सुख्खा छ ।

वन्यजन्तुलाई पानी खानका लागि लाखौं रकम खर्च गरेर निर्माण गरिएको पोखरी प्रयोगविहीन हुँदा नागरिक असन्तुष्ट छन् ।

सुर्खेतको काँक्रेविहार संरक्षित वनमा जरायो, मृग, खरायो लगायतका वन्यजन्तुको वासस्थान हो । पर्याप्त पानीको अभावका कारण वन्यजन्तु मानव वस्तीमा प्रवेश गर्दा बालीनालीमा क्षति हुने गर्दथ्यो ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि डिभिजन वन कार्यालय सुर्खेतले दुई वर्षअघि पोखरी निर्माण गरेको थियो । २५ लाख लागतमा निर्माण गरिएको पोखरीमा अहिले पानी छैन । जसका कारण अहिले पनि जनावर पानी खोज्दै मानव वस्तीसम्म पुग्ने गरेका छन् ।

१७५ हेक्टर क्षेत्रफलमा फैलिएको वन नजिक पानीको श्रोत छैन । कुनै अध्ययनविना नै लगानी गरिएको यस योजना अहिले उपयोगविहीन छ ।

पानीको खोजीमा बस्तीसम्म पुग्दा एकातर्फ जंगली जनावर असुरक्षित छन् भने अर्कोतर्फ स्थानीयको बालीनालि पनि क्षति हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *