२२ वर्षपछि माझी समुदायले मनाए लदी अर्थात् ‘कोसी पर्व’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १६ गते २१:२६
२२ वर्षपछि माझी समुदायले मनाए लदी अर्थात् ‘कोसी पर्व’ (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७९ धनकुटा । खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी आज धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका छन् । धनकुटाका माझी समुदायले दसैँझैँ पूजाआजा गरेर यो पर्व मनाएका हुन् ।

अल्पसंख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायको परापूर्वक कालदेखि नै खोलाको किनारमा बसेर माछा मार्ने, डुंगामा राखि मानिसलाई नदी तारिदिने कार्य गर्दथे । सँधै खोला तथा नदीको नजिक हुने, त्यँही बस्ने र त्यसैमा आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको छ ।

लदी पूजा गर्नाले माझी समुदायको मुख्य पेशाको रुपमा परिचित पुख्र्यौली पेशा नदीमा डुंगा चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास छ । नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत छ ।

वर्षाको समयमा नदीले वर्षेनी विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु–याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुर्‍याओस् भनेर नदीको पूजा गरिँदै आएको छ ।

तर सडक निर्माणसँगै नदीमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने, डुंगामा मानिसलाई नदी तार्ने काम बन्द भएपछि लदी पुजा पनि बन्द भएको थियो ।

द्वन्द्वकालमा आएको समस्याका कारण नदीमा लदी पूजा हुन सकेको थिएन । तर, २२ वर्षपछि कुशेटारका माझी समुदायका युवाको सक्रियतामा लदी पुजा मनाइएको छ ।

धनकुटाका अरुण तमोर किनार सहित विभिन्न खोला किनारमामा माझी समुदायको बसोबास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *