‘बैंकको ब्याजदरका कारण निजी क्षेत्र ध्वस्त हुने अवस्थामा’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १३ गते १८:१७
‘बैंकको ब्याजदरका कारण निजी क्षेत्र ध्वस्त हुने अवस्थामा’ (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७९ दाङ । बैकको ब्याजदरका कारण निजी क्षेत्र ध्वस्त हुने अवस्थामा पुगेको यातायात व्यवसायीले गुनासो गरेका छन् ।

दाङमा आयोजित त्रिशिद्धेश्वरी राप्ती यातायात सेवाको दोस्रो अधिवेशनमा व्यवसायीले बैंकहरूको ब्याजदरका कारण आत्महत्या गर्ने अवस्था आएको भन्दै सरकार र राष्ट्र बैंक मौन अवस्थामा बसेको आरोप लगाएका हुन् ।

सवारी सडकमा चलाउँदा अकस्मात् हुने दुर्घटनालाई सरकारले जबरजस्ती रुपमा चालकका कारण दुर्घटना भएको भन्दै चालकलाई हिरासतमा राख्ने गरेको उनीहरूको आरोप छ । सरकारले सवारी बिमामा पनि उल्लङ्घन गर्दा समस्या भोग्दै आएको व्यवसायीको गुनासो छ ।

नेपाल यातायात राष्ट्रिय महासङ्घले भने विगतको दुई तिहाइको सरकारले यातायात व्यवसायीमाथि सिन्डिकेटका नाममा स्वदेशमै लगानी गर्ने व्यवसायीलाई अपमान गरेको आरोप लगाएको छ । राज्यले यातायात सञ्चालन गर्न नसक्ने भन्दै अधिकार प्राप्त प्राधिकरण गठन गर्नुपर्ने पनि माग गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि भने सडक अस्तव्यस्त हुँदा यातायातका साधन सञ्चालनमा समस्या भइरहेको गुनासो गर्दछन् । एकातिर सडकका कारणले र अर्कोतर्फ देशको अर्थतन्त्रका कारण व्यवसायीहरूले मार खेप्दै आएको जनप्रतिनिधिको भनाइ छ ।

स्थानीय तहले यातायात क्षेत्रमा निजी क्षेत्रको ठुलो भूमिका रहेको भन्दै उनीहरूको लगानी सुरक्षित गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *