हात्तीपाइले रोग निवारणमा कैलाली जिल्ला किन भयो असफल ? (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १० गते १७:५०
हात्तीपाइले रोग निवारणमा कैलाली जिल्ला किन भयो असफल ? (भिडियो रिपोर्टसहित)

१० फागुन २०७९ कैलाली । कैलाली हात्तीपाइले रोग निवारणमा असफल हुँदै गएको छ । ६ पटकसम्म अनिवार्य औषधि सेवन गरे रोग उन्मुलन हुने भए पनि कैलालीमा ११ औँ पटकसम्म औषधि खुवाउने अभियान चलिरहेको छ ।

सुदूरपश्चिम प्रदेशका अरु सबै जिल्लामा अभियान सफल भएको छ । कैलालीमा भने नागरिकले नै औषधि सेवन नगर्दा अभियानले पूर्ण सार्थकता पाएको छैन ।

६ पटक सम्म अनिवार्य औषधि सेवन गर्नुपर्ने नियम अनुसार कैलालीका ६५ प्रतिशत जनसख्यांले औषधि सेवन गर्नुपर्ने हुन्छ । तर १० औँ चरणको औषधि सेवन अभियान सम्पन्न गर्दासम्म राज्यले लिएको लक्ष्य प्राप्ति हुन सकेको छैन । अभियानको एघारौँ चरणमा पुग्दासम्म ४९ दशमलव ६७ प्रतिशतले मात्रै औषधि सेवन गरेका छन् । सरकारले बर्षेनी औषधी सेवनका लागी करोडौँ बजेट खर्च गर्ने तर त्यसको उपलब्धी नदेखिनुले सरकारी निकायकै कमजोरीका रुपमा नागरिकले लिएका छन् ।

अहिले पनि स्वास्थ्य कार्यालयले दुई पटक औषधि सेवन गरे लक्ष्य हासिल गर्न सकिने दावी गरेको छ । औषधि नखाँदा पनि केही हुँदैन भन्ने गलत मान्यताका कारण अभियान असफल हुने हो कि भन्ने खतरा छ

हात्तीपाइले सरूवा रोग हो । यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो । त्यसैले यो रोगबाट बच्नका लागि औषधि नै अन्तिम उपाय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *