खेलकूद
आज नेपाल र भारतबीच मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धा
२०७९ फागुन ३ गते ८:४१
३ फागुन २०७९ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल खेलमा आज नेपाली राष्ट्रिय टोली र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाल र भारतबीच खेल हुनेछ । ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो ।
काठमाडौंमा गएको भदौमा सम्पन्न महिला साफ च्याम्पियनसिपपछि दुई टोली पहिलो पटक भिड्न लागेका हुन् । दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १० ले हराएको थियो ।
खेल नेपाली समय अनुसार राति पौने आठ बजे शुरू हुनेछ । दोस्रो खेल शनिबार हुनेछ ।
प्रतिक्रिया