खेलकूद
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एसी मिलान र बायर्न म्युनिख विजयी
२०७९ फागुन ३ गते ८:३८

३ फागुन २०७९ काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा एसी मिलान र बायर्न म्युनिख विजयी भएका छन् ।
अन्तिम १६ अन्तर्गत पहिलो लेगमा मिलानले टोटेनह्यामलाई १–० गोलले हरायो । घरेलु मैदानमा मिलानका लागि ब्राहिम डायजको गोल नै निर्णायक रह्यो । उनले खेलको सातौं मिनेटमा गोल गरेका थिए । दोस्रो लेग मार्च ८ तारिखमा हुनेछ ।
त्यस्तै अर्को खेलमा बायर्नले पीएसजीमाथि १–० नै जित निकाल्यो । अवे मैदानमा ५३औं मिनेटमा किंग्स कोमनले बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा थप गोल नहुँदा बायर्न १–० ले विजयी भएको हो ।
अन्तिम समयको इञ्जुरी समयमा पाभार्डले रेड कार्ड पाएपछि बायर्न दश खेलाडीमा सिमित भएको थियो । दोस्रो लेग मार्च ८ तारिखमा हुनेछ ।
प्रतिक्रिया