भ्यालेन्टाइन्स डे : सौराहामा विशेष महोत्सव (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २ गते २१:००
भ्यालेन्टाइन्स डे : सौराहामा विशेष महोत्सव (भिडियो रिपोर्टसहित)

२ फागुन २०७९ चितवन । पछिल्लो समय नेपालमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाउने चलन बढिरहेको छ । यही दिनको अवसर पारेर विवाहित तथा प्रेमिल जोडि विभिन्न ठाउँ घुम्न जाने चलन पनि मौलाइरहेको छ ।

यही अवसरलाई चितवनको सौरहाले सदुपयोग गरेको छ । चितवन घुम्न आउने पर्यटकका लागि सौराहाका रेष्टुरेन्ट सञ्चालकले विशेष महोत्सव नै अयोजना गरेका छन् ।

प्रणय दिवसको अवसर पारेर रेवान सौराहाले सडक फुड फेष्टिवल आयोजना गरेको छ । हात्तीचोकदेखि गैँडाचोकसम्म डालोमा बत्ति बालेर झिलिमिली बनाइएको छ । दिवस मनाउन सौराहा आएकाहरुलाई दिउँसो हात्ती तथा जिप सफारी गर्ने र साँझ सौरहाको खाना र संस्कृतिमा रमाउने व्यवस्था मिलाइएको छ ।

हात्तीचोकदेखि ड्याकसम्म र मल्लुचोकदेखि गैँडाचोकसम्मको सडक क्षेत्र सजाइएको छ । साँझ विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिनेछ । झाँकीसँगै रमाएर सडककिनारमै आफूलाई मन पर्ने खानाका परिकार खान पाउने व्यवस्था गरिएको छ । कोरोनापछि पर्यटन प्रवर्द्धन गर्न सौरहामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपालका विभिन्न समुदायका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकार उपलब्ध हुने फुड फेस्टिभलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *