गुल्मेली जनताको हवाइ जहाजमा उड्ने सपना अधुरै (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २ गते १६:११
गुल्मेली जनताको हवाइ जहाजमा उड्ने सपना अधुरै (भिडियो रिपोर्टसहित)

२ फागुन २०७९ गुल्मी । हवाई जहाजमा यात्रा गर्ने गुल्मेली जनताको सपना १७ वर्षदेखि अपूरो छ । कहिले काम सुरु नभएर त कहिले निर्माण रोकिएर ।

यस्तै कारण गुल्मीको विमानस्थल संचालन नहुँदा आकस्मिक यात्रा गर्न पर्ने गुल्मेली मर्कामा छन् । गत पुसमा धुमधामका साथ परीक्षण उडान गरिएपनि त्यसपछि रेसुङ्गा एयरपोर्टमा विमान फर्किएको छैन ।

गुल्मेली जनताको लामो समयसम्मको निराशा विमानस्थलले आकार लिएपछि २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेपछि सकियो । गत बैशाखमा विमानस्थल निर्माणको काम सकियो ।

गत पुस २४ गते प्रमुख दलका ठूला नेताको सहभागितामा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरिएको थियो । ती नेताले १५ दिनभित्रै नियमित उडानको आश्वासन गुल्मेली जनताले पत्याएका थिए । तर, डेढ महिना हुन लाग्यो, दोस्रो उडान हुन सकेन ।

२०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेको विमानस्थलको धावनमार्ग ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । ३५ करोड लागतमा निर्माण भएको रेसुङ्गा विमानस्थल अहिले प्रयोगविहीन छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित चन्द्र भण्डारी, एमालेका नेता प्रदीप ज्ञवाली, एकीकृत समाजवादीकी रामकुमारी झाँक्री लगायतको सहभागितामा परीक्षण उडान गरिएको थियो । तर, अहिले उनीहरुले रेसुङगा विमानस्थललाई बिर्सिएको नागरिकको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *