खेलकूद

विश्वकप लिग टू अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र नामिबिया भिड्दै

हिमालय टिभी
२०७९ फागुन २ गते ९:२८
विश्वकप लिग टू अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र नामिबिया भिड्दै

२ फागुन २०७९ काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिदेशीय शृंखला शुरू भएको छ ।

शृंखलाको पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि नामिबियाले ब्याटिङ गरिरहेको छ ।

त्रिकोणात्मक शृंखलामा घरेलु टोली नेपालसँगै नामिबिया र स्कटल्याण्ड सम्मिलित छन् । लिगको तालिकामा नेपाल २४ खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ । सोझै विश्वकपमा स्थान बनाउनका लागि नेपालले अब सबै १२ खेल जित्नुपर्ने हुन्छ ।

त्यसो नभए नेपालका लागि प्लेअफ खेल्दै विश्वकपमा पुग्ने अवसर बाँकी नै रहन्छ । स्कटल्याण्ड ३२ खेलमा ४६ जोड्दै विश्वकपमा स्थान पुगिसकेको छ ।

नामिबिया ३० खेल खेल्दै ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । लिग तालिकाको तेस्रो स्थानको नामिबियाका लागि पनि यो शृंखला महत्वपूर्ण छ ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्