खेलकूद
महिला फुटबलको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त
२०७९ माघ २८ गते ९:०८

२८ माघ २०७९ काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त हुनुभएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पारसलाई महिला टिमको सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको बताएको हो । भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले चौधरीलाई महिला टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
टोलीको मुख्य प्रशिक्षकमा अनन्त राज थापा हुनुहुन्छ । नेपाल र भारबिच फेब्रुअरी १३ देखि २५ सम्म मैत्रीपूर्ण खेल हुने छ । खेल भारतमा आयोजना हुने छ ।
प्रतिक्रिया