नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना (भिडियो रिपोर्टसहित)

२०७९ माघ १७ गते २१:१५
नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना (भिडियो रिपोर्टसहित)

१७ माघ २०७९ बाँके । नेपालको पर्यटन उद्योगमा भारतीय पर्यटकको हिस्सा महत्वपूर्ण रहँदै आएको छ । कम दूरी, खुल्ला सीमा, सहज आवागमन, मिल्दोजुल्दो संस्कृतिका कारण नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाटै आउने गरेका छन् ।

पश्चिम नेपालका पर्यटकीय गन्तव्यहरुलाई भारतीय पर्यटकमाझ प्रचार प्रसार गर्ने उद्देश्यले नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको छ ।

भारतीय पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय गन्तब्यतर्फ आकर्षित गर्ने उद्देश्यले नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्टको आयोजना गरिएको छ । बाँके, बर्दियासँगै कर्णालीका पर्यटकीय गन्तब्यलाई भारतमा प्रचार प्रसार गराउने उद्धेश्यले यो मेला आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानरपालिका र नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँके च्याप्टरको आयोजनामा संचालित तीन दिने ट्राभल मार्ट मेलामा ७५ जना भारतीय पर्यटन व्यावसायी सहभागी थिए । यसले नेपाल र भारतबीच पर्यटन आदानप्रदानमा सहयोग गर्ने विश्वास लिइएको छ ।

भारतको उत्तर प्रदेशको राजधानी लखनउबाट नेपालगञ्ज एक सय ९० किलोमिटरमात्र टाढा छ । करिब तीन घण्टाको सडक यात्रामा लखनउबाट नेपालगञ्ज पुग्न सकिन्छ । सँगै दिल्ली, चण्डिगढ, देहरादुन लगायतका ठाउँलाई हवाई सञ्जालमा जोड्न सके नेपालको अर्थतन्त्रमा थप टेवा पुग्न सक्छ ।

बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, रारा ताल, स्वर्गद्वारी, शे–फोक्सुन्डो र खप्तड जस्ता पर्यटकीय स्थल छन् । तर प्रचार–प्रसार गर्न नसक्दा भारतीय शहरका पर्यटकको नेपाल बसाई बढाउन सकिएको छैन । प्रचारप्रसार गरेर भारतीय शहरबाट पर्यटकलाई नेपाल भित्राउन र मानसरोवर यात्रा गर्ने भारतीयको बसाई लम्ब्याउनका लागि मेला फलदायी हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *