सन् २०२४ को कोपा अमेरिका फुटबल अमेरिकामा हुने
२०७९ माघ १५ गते ९:४२
काठमाडौं । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको छ ।
यसअघि इक्वेडरमा हुने भनिएको कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको हो । इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने बताएपछि प्रतियोगिता अमेरिकामा हुने भएको बीबीसीले जनाएको छ ।
प्रतियोगितामा १६ टोली सहभागी हुनेछन् । यसअघि सन् २०२१ को कोपा अमेरिका ब्राजिलमा भएको थियो ।
प्रतिक्रिया