तमोर कोरिडोरमा कालोपत्रे सुरु (भिडियो रिपोर्टसहित)

२०७९ माघ २ गते १७:५५
तमोर कोरिडोरमा कालोपत्रे सुरु (भिडियो रिपोर्टसहित)

२ माघ २०७९ पाँचथर । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने छोटो सडकको रुपमा लिइएको चतरा–मुलघाट–गणेशचोक सडक ९तमोर कोरिडोर० कालोपत्रे गर्ने काम अघि बढेको छ ।

धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १० किलोमीटर सडक कालोपत्रे गर्नका लागि ठेक्का लागेको हो । दुई प्याकेजमा ठेक्का लागेर काम अघि बढेको छ ।

२०७९ वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार तमोर करिडोरको बहुवर्षीय ठेक्काका लागि ५ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ स्रोत सुनिश्चित गरेको थियो । २०६४ सालबाट औपचारिक रुपमा थालिएको तमोर करिडोरको २ सय ३८ मध्ये १ सय १० किमी सडकखण्ड धनकुटाको मुलघाटबाट पाँचथरको गणेशचोकसम्म कालोपत्रे हुन लागेको हो ।

यो सडकको पाँचथरको गणेश चोकदेखि धनकुटाको मुलघाट हुँदै सुनसरीको चतारासम्म दुई लेन स्तरीय बनाउने काम २०७४ देखि थालिएको हो । अब यसको कालोपत्रेका लागि प्रक्रिया अघि बढेसँगै मेची तथा कोसी राजमार्ग हुँदै धरान धनकुटा भएर पाँचथर पुग्दा तय गर्नुपर्ने तमोर करिडोरको भन्दा दोब्बर लामो यात्राको बाध्यता टर्ने भएको छ । सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।

गत वर्षमात्र ट्रयाक निर्माण सम्पन्न भएपनि अहिले बाँक्लो गरी गाडी गुड्न थालेका छन् । पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका बासिन्दालाई धरान, प्रदेश राजधानी विराटनगर तथा काठमाडौँ लगायतका ठाँउको यात्राका लागि दुरी छोटिएको छ ।

आयोजना प्रमुख, चतरा–मुलघाट–गणेशचोक तमोर करिडोर आयोजना
सुविधा सम्पन्न अस्पतालसँगको दुरी पनि यो सडकले छोट्याउने छ । ३ अर्ब ६४ करोड लागतको ठेक्का सम्झौता भएको हो । ६६ किलोमिटर रौतहा क्षमादेवी जेवीले २ अर्ब ४० करोडमा र बाँकी खण्डमा एफएक्स कम्पनीले १ अर्ब २४ करोडमा सम्पन्न गर्ने ठेक्का सम्झौता भएको छ ।

यो खण्डमा पर्ने पुलको पनि ठेक्का लागिसकेको छ । तमोर कोरिडर चतरादेखि पाँचथरको सुभाङखोला हुँदै ताप्लेजुङको ओलाङचुङ गोला हुँदै चीनको सिमाना टिप्तलासम्म अघि बढ्छ । सडक सम्पन्न हुँदा उत्तर–दक्षिण जोड्ने छोटो सडकको रुपमा लिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *