पुस्तान्तरण नहुँदा थारु समुदायले मनाउने माघीको रौनक र मौलिकपनमा ह्रास (भिडियो रिपोर्टसहित)

२०७९ पुष ३० गते १५:५९
पुस्तान्तरण नहुँदा थारु समुदायले मनाउने माघीको रौनक र मौलिकपनमा ह्रास (भिडियो रिपोर्टसहित)

३० पुस २०७९ दाङ । थारु समुदायको ठूलो तथा महत्वपूर्ण चाडको रुपमा माघी पर्व मनाउने गर्दछन् । तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्वमा थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँछन् ।

अहिले पनि थारु बाहुल्यता भएका सहरमा महोत्सव हुने गरेको भएपनि यसको रौनक र मौलिकपनमा ह्रास आउन थालेको छ ।

माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन थारु समुदाय वर्षभरको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ ।

पुस महिनाको अन्तिम रात्रि गाउँघरका अगुवा, भलमन्सा लगायतको घरमा खानपान गर्ने, जाग्राम बस्दै नाचगान गर्ने, डम्फुको तालमा मौलिक धमार गीत गाउने लगायतको कार्य हुने गर्दछ । त्यसपछि माघे संङ्क्रान्तिका दिन बिहानै नदी, ताल, पोखरीमा नुहाउने गरिन्छ । जसरी थारु समुदायको यो विशेष दिनको महत्व छ त्यसरी मौलिकपनको विशेषता छ । तर, पछिल्लो समय मौलिकपनमा ह्रास आउन थालेको छ ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती छ । पुुस्तान्तरण अभावका कारण थारू पहिचानसमेत हराउँदै गइरहेको छ । त्यसैले अहिले महोत्सवको आयोजना गरेर माघीको महत्वलाई प्रवद्र्धन गर्ने क्रम बढ्दै छ ।

माघे संक्रान्तिका अवसरमा जातजाती अनुसार परिकार खाने चलन छ । पहाडी, हिमाली तथा तराई भेगमा बस्ने अन्य जातीहरु सख्खरखण्ड, गन्जी, तरुल, चाकु, तीलको लड्डु , खीर, खीचडी पकाएर खाने चलन पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *