खेलकूद
नेपाल टी–ट्वेन्टी लिगमा देखिएको विवादबारे छानबिन गर्न राखेपद्वारा समिति गठन
२०७९ पुष २१ गते ९:२२
२१ पुस २०७९ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राजधानीमा जारी नेपाल टी–ट्वेन्टी लिग क्रिकेटको पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको छ ।
परिषद्को कार्यकारी समितिको हिजो बसेको बैठकले परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो । राखेपले कार्यदललाई सत्य तथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ ।
यसैबीच नेपाल टी–ट्वेन्टी लिगमा आज पनि दुई खेल हुँदैछन् । पहिलो बिहान ९ बजे जनकपुर रोयल्स र पोखरा एभेन्जर्स खेल्दा दोस्रो खेलमा दिउँसो १ बजे फार वेस्ट युनाइटेड र काठमाडौं किङ्ग्स बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया