संसद भवन नै छैन अपांगमैत्री, सांसदलाई सकस (भिडियो रिपोर्टसहित)

२०७९ पुष २० गते १८:३२
संसद भवन नै छैन अपांगमैत्री, सांसदलाई सकस (भिडियो रिपोर्टसहित)

२० पुस २०७९ हेटौंडा । तत्कालिन शिक्षा निर्देशनालयको साँघुरो भवनबाट सञ्चालन भइरहेको बागमती प्रदेश सभा भवन अपांगमैत्री छैन ।

सभा कक्षसम्म ह्वीलचियरमै पुग्न सम्भव छ । तर, त्यसबाहेक सभामुख, उपसभामुखको कार्यकक्ष, संसदीय दलको बैठक कोठा भने अपांगमैत्री छैनन् । अपांगमैत्री भवन नहुँदा एक मात्र अपांगता भएकी सांसदलाई प्रदेशसभा हलमा प्रवेश गर्न र काम गर्नै मुस्किल भइरहेको छ ।

उहाँ हुनुहुन्छ, बागमती प्रदेशसभा सदस्य लक्ष्मी घिमिरे । स्पाइनल कर्ड इन्जुरी भएकाले उहाँ ह्विलचियरको सहारामा मात्र हिँड्न सक्नुहुन्छ । रामेछापबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित घिमिरेलाई हेटौंडास्थित प्रदेशसभा हालमा सपथग्रहणका लागि उपस्थित हुन निकै सकस भयो ।

पछिल्लो समय सार्वजनिक तथा सरकारी संरचनाहरू अपाङ्गमैत्री हुनुपर्ने आवाज उठिरहेको भएपनि बागमती प्रदेशसभा भवन अपाङ्गमैत्री नहुँदा उहाँलाई असजिलो भयो । १६ वर्षको उमेरमै भीरबाट लडेर मेरुदण्डको पक्षघात भएको थियो । ढाडको स्पाइनल नसा च्यापिएपछि कम्मर मुनिको भाग चल्दैन । कानुन निर्माणको थलो संसद भवनसमेत अपांगमैत्री नहुँदा सार्वजनिक स्थल हुनेमा आश गर्ने ठाउँ छैन । सरकारी संरचना त्यसमा पनि प्रदेशभरको कानुन निर्माण गर्ने थलो मात्र होइन सार्वजनिक स्थल अपांगमैत्री बनाइनुपर्ने अबको आफ्नो मुख्य एजेण्डा रहने लक्ष्मीको भनाइ छ ।

२०७४ सालमा साझा पार्टी स्थापना भएसँगै राजनीतिक यात्रा सुरु गर्नुभएकी घिमिरेले युवा सङ्गठनको केन्द्रीय समितिमा रहेर काम गर्नुभएको थियो । साझा पार्टी र विवेकशील पार्टीको एकता भएपछि उहाँ पार्टीको केन्द्रीय सदस्य
हुनुहुन्थ्यो । पार्टीभित्र आन्तरिक द्वन्द्व बढेपछि उहाँ विवेकशील साझा पार्टी छोडेर राप्रपामा लाग्नुभयो ।

ह्विलचियरबाटै बास्केटबल, भारोत्तोलन लगायतका खेलमा पनि उहाँ सक्रिय हुनुहुन्छ । अपांगता भएपछि प्रगतिका सिंढीहरू बन्द हुन्छन् भन्ने मानसिकता चिर्न लक्ष्मी सफल हुनुभयो । अब कानुन बनाउने थलो त अपांगमैत्री बन्दैनन् अरु सार्वजनिक स्थल अपांगमैत्री बन्ला र रु भन्ने प्रश्नको उत्तर दिनुपर्ने स्वयं लक्ष्मीलाई चुनौती छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *