खेलकूद

आर्मीलाई हराउँदै संकटा आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७९ पुष १८ गते १८:०६
आर्मीलाई हराउँदै संकटा आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश

१८ पुस २०७९ कास्की । १ गोलले पछि परेको नतिजा उल्टाउँदै संकटा क्लब २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको तेस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ गोलले हराउँदै संकटाले अन्तिम ४ मा स्थान बनाएको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे ।

खेलमा सुरुवाती अग्रता आर्मीले लिएको थियो । संकटाका निशान खड्काले डिबक्समा आर्मीका दिनेश हेम्जनलाई लडाएपछि पाएको पेनाल्टीमा नवयुग श्रेष्ठले गोल गरे । खेलमा फर्कन प्रयासरत संकटाले ३५ औं मिनेटमा बराबरी गर्यो ।

सुनिल बलको असिस्टमा गोल गर्दै मेसुकेले खेल बराबरी गरेका हुन् । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिँदा दोस्रो हाफमा संकटाले सुधारिएको प्रदर्शन गर्यो । मेसुकेको प्रहार बारमा लागेर फर्किएको बलमा ७३ औं मिनेटमा सुरजज्यू ठकुरीले सुन्दर फिनिसिङ गर्दै संकटालाई अग्रता दिलाए ।

खेलको अन्तिममा स्टेफन बिनोङले वान भर्सेस वानमा गोल गर्दै संकटाको जित पक्का गरे । अब फाइनल प्रवेशका लागि संकटाले अर्को विभागीय टोली एपिएफ क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्