कैलालीमा दुर्घटनामा एक जनाको मृत्यु

२०७९ पुष १६ गते १४:०३
कैलालीमा दुर्घटनामा एक जनाको मृत्यु

१६ पुस २०७९ अत्तरिया । कैलालीमा हायस गाडी दुर्घटना भएको छ ।

जिल्लाको गौरिगङ्गा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन् ।

गौरीगङ्गा नगरपालिका–६ वनवेहडामा हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ४०६ नम्बरको हायस दुर्घटनामा परेको हो । दुर्घटनामा लम्की–चुहा नगरपालिका वडा नं १ की ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *