अस्पतालको लापरबाहीले बिरामीको ज्यान जोखिममा (भिडियो रिपोर्टसहित)

२०७९ पुष १२ गते १७:०४
अस्पतालको लापरबाहीले बिरामीको ज्यान जोखिममा (भिडियो रिपोर्टसहित)

१२ पुस २०७९ धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाममा अस्पताल र चिकित्सकको लापरवाहीले बिरामीको ज्यान नै जोखिममा पर्दै गएको छ ।

प्रभावकारी उपचारको अपेक्षामा अस्पताल पुगेका बिरामी डराइरहेका छन् । लापरवाहीकै कारण कतिपय अंगभंग भएका छन् भने केहीले ज्यान समेत गुमाएका छन् । तर, अस्पताल विचौलियाको दबाबमा केही रकम दिएर बिरामी र बिरामीका आफन्तकोआवाज बन्द गरिने गरिएको छ ।

घटना नम्बर १ः
जनकपुरधाम वडा नम्बर ४ स्थित डा। शैलेन्द्र मिश्रको जनकपुर हेल्थ क्लिनिकमा उपचारका लागि पुगेकी ७० वर्षीया अनारोदेवीको गलत सुईका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

घुँडामा पानी जमेका कारण दुख्न थालेपछि उपचारका लागि क्लिनिकमा पुगेकी उनलाई गलत सुई लगाइदिएपछि शरीरको छाला जलेर विभत्स भएको छ ।

घटना नम्बर २ः
खुट्टा भाँचिएर उपचारका लागि जनकपुरधामको भ्रमरपुरा चोक स्थित दैविक अस्पताल पुगेका अमित कुमार पासवानको खुट्टा नै काट्नु परेको छ । शल्यक्रिया गर्न भनेर चिकित्सकले चार दिन झुलाएपछि काठमाडौं रेफर गरियो । त्यतिबेलासम्म ढिला भइसकेको थियो र बी एण्ड बी अस्पतालमा आएपछि उनको खुट्टा नै खाट्नु पर्‍यो ।

अनारोदेवीलाई गलत सुई लगाएका डा. मिश्र फरार छन् । दैविक अस्पतालले भने बिरामीका आफन्तले समयमै निर्णय लिन नसक्दा अवस्था बिग्रिएको दाबी गरेको छ ।

यि दुईवटा प्रतिनिधि घटना हुन् । जनकपुरधाममा यस्ता घटना दोहोरिरहेका छन् । सुरुमा चिकित्सक कारवाहीको माग गरेको पीडित क्षतिपुर्तिमै खुसी हुने परिपाटीले यस्ता घटना बढिरहेका छन् । अहिले यी दुबै घटनामा छानविन भइरहेको धनुषा प्रहरीले जनाएको छ । तर, जाहेरी परेको छैन ।

जनकपुरमा कहिले उपचार नपाएर नागरिकको मृत्यु हुन्छ भने कहिले गलत ढंगले उपचार गर्दा सामान्य भएका बिरामी गम्भीर हुन्छन् । यी दुई घटनाले पनि जनकपुरका क्लिनिक र अस्पतालमा रहेका चिकित्सकमाथि नै प्रश्न उठेको छ । तर, राज्यले अहिलेसम्म कुनै ठोस कदम चालेको छैन । नागरिक बिरामी भएर पनि उपचारका लागि अस्पताल जान डराइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *