प्रहरीकै अगाडि गोली चलाएर लुटपाट भएएपछि… (भिडियो रिपोर्टसहित)

२०७९ पुष ५ गते १८:२३
प्रहरीकै अगाडि गोली चलाएर लुटपाट भएएपछि…  (भिडियो रिपोर्टसहित)

५ पुस २०७९ कैलाली । कैलालीका सुनचाँदी व्यवसायी अहिले असुरक्षित महसुस गर्न थालेका छन् । आइतबार साँझ प्रहरीकै अगाडि व्यवसायीमाथि गोली चलाएर लुटपाट गरिएपछि व्यवसायी सुरक्षा माग्न थालेका छन् ।

गोली चलाएर ३५ तोल सुन लुट्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसक्दा कैलालीको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उब्जिएको छ ।

स्थानः कैलालीको अत्तरिया
समयः आइतबार साँझ
विकास गौतम पेशाले सुनचाँदी व्यवसायी हुन् । सदाझैँ पसल बन्द गरेर उनी ६ बजे बसल गोदावरी नगरपालिका–१ वनखेत घरतर्फ मोटरसाइकलमा फर्किदै थिए । ६ बजेर २० मिनेट हुँदा उनी सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालय नजिक पुगेका थिए ।

त्यहीँ उनलाई मोटरसाइकलमा आएका दुई बन्दुकधारीले दुई राउण्ड गोली चलाए । उनीसँग रहेको झोला लिएर भागे । अहिले माया मेट्रो अस्पतालमा उपचार भइरहेका गौतमका अनुसार उनको झोलामा ३५ तोला सुन र २ लाख रुपैयाँ थियो ।

गौतमको पसलबाट एक महिना अघि मात्रै चोरी भएको थियो । अहिले उनैमाथि गोली प्रहार गरेर सुन लुटिएको खुल्न आएको छ । पसलबाट चोरी गर्नेलाई पक्राउ गर्न नसकिरहेको बेला गौतममाथि गोली प्रहार गरेर लुटपाट गर्ने अहिलेसम्म प्रहरीले खोजी गर्न सकेको छैन ।

सुदूरपश्चिमको राजधानी तोकिएको क्षेत्र तथा मुख्य सहर अत्तरियामा संसाँझै गोली चल्दा सुनचाँदी व्यवसायी त्रसित छन् । नागरिक पनि सुरक्षा व्यवस्थापामा चुनौती थपिएको महसुस गरिरहेका छन् ।

अहिले सुनचाँदी व्यवसायी सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका छन् । अत्तरिया सुनचाँदी व्यवसायी संघको आह्वानमा व्यवसायीले पसल बन्द गरेर विरोध जनाएका छन् । अनुसन्धान मै रहेकाले प्रहरीले सञ्चारमाध्यमसँग बोल्न पनि खोजिरहेको छैन । प्रहरीको अनुसन्धान कहाँ पुग्यो भन्ने जवाफ नआएको भन्दै नागरिक पनि आक्रोशित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *