दिवा खाजाले रामेछापमा किन तानेन विद्यार्थी ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष १ गते १६:१९
दिवा खाजाले रामेछापमा किन तानेन विद्यार्थी ? (भिडियो रिपोर्टसहित)

१ पुस २०७९ रामेछाप । सरकारले पछिल्लो पाँच वर्षदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यधार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षदेखि यो सुविधा कक्षा ६ सम्मका लागि बढाइएको छ । विद्यार्थीलाई सामुदायिक विद्यालयमा आकर्षित गर्नका लागि चलाइएको यो अभियान रामेछापमा भने प्रभावकारी हुन सकेको छैन ।

सरकाले कक्षा ६ सम्मका बालबालिकालाई खाजा सुविधावापत दिनको १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर, यो रकम खाजाका लागि पर्याप्त छैन ।

रामेछापका विभिन्न सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी बिहान आठ बजे घरबाट निस्किने र साँझ पाँच बजेपछि मात्रै घर फर्किने गरेका छन् । दिवा खाजा कार्यक्रम राम्रो भए पनि बढ्दो महँगीमा खाजाको व्यवस्थापन गर्न कठिन भएको विद्यालयको अनुभव छ ।

सरकारले जंक फुडलाई हटाएर गाउँघरमा पाइने पौष्टिक खाजा खुवाउन भनेर रकम दिएको हो । तर, विद्यालयले पाउरोटी, विस्कुट, चाउचाउ जस्ता खाजाहरु नै खुवाइरहेका छन् ।

कतिपय विद्यालयले सरकारले दिएको १५ रुपैयाँ पनि खर्च नगरी विद्यार्थीलाई गुणस्तरहीन खाजा खुवाइरहेको पनि भेटिएको छ । सम्बन्धित निकालयले यसको अनुगमन गरी दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *