खेलकूद
२० बर्षमुनिको दक्षिण एसियाली महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
२०७९ पुष १ गते ९:०६
१ पुस २०७९ काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने २० बर्षमुनिको दक्षिण एसियाली महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घले सार्वजनिक गरेको तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग खेल्नेछ ।
यो खेल फेबु्रअरी ३ तारिखमा हुनेछ । नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।
प्रतियोगितामा नेपाल, आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी हुने छन् । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका खेल्नेछन् ।
प्रतिक्रिया